युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता सेयर

२०८० जेष्ठ २५, बिहीबार

काठमाडौ : युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान कम्पनीको एफपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको एफपीओमा १३ लाख ५७ हजार १८० आवेदकबाट कुल १ करोड ५४ लाख २७ हजार ५३० कित्ता सेयर माग भएको थियो। जसमा १३ लाख ५५ हजार ६८७ आवेदकबाट परेको १ करोड ५४ लाख १० हजार १६० कित्ता सदर भएको छ भने १ हजार ४९३ आवेदकबाट परेको १७ हजार ३७० कित्ता बदर भएको छ। ।

जस अनुसार गोलाप्रथाबाट ३७ हजार ९ सय ४२ जनाले मात्र सेयर पाएका छन् । सेयर पाएका ३७ हजार ९ सय ४२ जना मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार