काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ११ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय १५ रूपैयाँ कायम भएको छ ।