कांग्रेसबाट प्रतिनिधिसभाको सचेतक बनिन् सुशीला थिङ

२०८० जेष्ठ २५, बिहीबार

काठमाडौँ :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य सुशीला थिङलाई सचेतकमा मनोनयन गरेका छन्।

उनले बिहीबार समानुपातिकतर्फकी सांसद थिङलाई प्रतिनिधिसभाको सचेतकमा मनोनित गरेका हुन्। सिन्धुलीकी थिङ कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।

उनलाई संसदीय दलको विधानको धारा १३ (२०) बमोजिम सचेतक पदमा मनोनयन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

यसअघि देउवाले प्रतिनिधिसभा सदस्य रमेश लेखकलाई प्रमुख सचेतकमा मनोनित गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार