प्रचण्ड सत्ताका लागि जनै चुँडाउन, टुप्पी काट्न, ढाकर बोक्न पनि तयार : केपी ओली

२०८० जेष्ठ २५, बिहीबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताप्राप्ति र सत्ताको अवधि लम्ब्याउनका लागि जेसुकै गर्ने गरेको आरोप लगाएका छन् । शासन सत्ता प्राप्तिका लागि भैँसी पूजा गरेको र टिकाउन गेरुवस्त्र धारण गरेर १०८ किलोको ढाकर बोकेको टिप्पणी उनले गरे ।

एमाले केन्द्रीय समितिमा मनोनीत सदस्यहरूको शपथ ग्रहण समारोहलाई बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले प्रचण्ड शासन सत्ताका लागि जेसुकै गर्न तयार रहेको आरोप लगाएका हुन् । 

‘जसरी हुन्छ, शासन प्राप्त गर्ने र त्यसलाई टिकाउन घुँडा टेकेर, लम्पसार परेर, भैँसी पुजन गरेर, गेरुवस्त्र धारण गरेर, जेसुकै गर्न पनि तयार, टुप्पी काटेर जनै चुँडाउन पनि तयार, किरियापुत्री मार्न पनि तयार, १०८ किलोको ढाकर बोकेर जान पनि तयार,’ ओलीले भने, ‘शासनमा लुप्त दुर्योधन पनि थियो, तर स्वाभिमानी थियो । लम्पसार पर्दैनथ्यो ।’ 

भारत भ्रमणमा गएका प्रचण्डले हालै भारतको एक मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेका थिए । ओलीले माओवादीले दस्तावेजमा नलेखे पनि प्रचण्डपथ जीवित रहेको दाबी गरे । ‘प्रचण्डपथ सिद्धियो भन्नुहोला, दस्तावेजमा लेख्दैनन् होला, तर प्रचण्ड कायम रहुञ्जेल प्रचण्डपथ कायम रहन्छ । यो भनेको कुनै उद्देश्य नभएको, सत्ता स्वार्थ भएको पथ हो,’ ओलीले भने । 

सिक्किमका नेता लेन्डुप दोर्जेको नाम लिँदै ओलीले शासकहरू सत्तालोलुप हुँदा देश नै गुम्ने गरेको टिप्पणी गरे । ‘लेन्डुपदोर्जेले देश सुम्पेर मुख्यमन्त्री खायो, वास्तवमा त्यो नरपिचास हो,’ ओलीले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार