उहिले प्याज काट्दा आँशु आउँथ्यो, अब किन्दै आँशु आउँछ : रघुजी पन्त

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका सांसद रघुजी पन्तले अहिलेको बजेटले निराशा ल्याएको बताएका छन्। 

बिहीबार प्रतिनिधि सभा सदस्यमा आर्थिक वर्ष २०८०/८१को बजेटमाथि छलफल गर्नेक्रममा बोल्दै उनले यो बजेटले निराशा ल्याएको भन्दै व्यंग्य गरेका हुन्। उनले अहिले प्याज किन्न नसकेर आँशु आउने बताए। 

‘बजेट आएपछि त आशा उत्साह आउनुपर्ने हो नि। प्रत्येक दिन, प्रत्येक मान्छेले, उद्योगपतिले के भन्छन्, व्यापारीले के भन्छन्, अर्थशास्त्रीले के भन्छन् भनेर पढिरहेको छु। सबैजना भन्छन् यो बजेटले निराशा ल्यायो,’ उनले भने, ‘हुँदाहुँदा तोरीको तेल, आलु र प्याजको भाउ पनि बढ्यो। उहिलेउहिले प्याज काट्दा आँशु आउँथ्यो। अब केही दिनपछि प्याज किन्दै आँशु आउँछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार