बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ अब धरानमा पनि राखिनेछ : दीपकराज

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौँ : नेपाली भूमि लुम्बिनी र कपिलवस्तुसमेत समेटेर भारतले ‘अखण्ड भारत’ नामको नक्सा बनाएपछि नेपालमा त्यसको विरोध भइरहेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले त प्रतिवादस्वरूप आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्।

जसमा सुगौली सन्धिअघिको पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको विशाल नेपाल छ। मेयर बालेनले ‘ग्रेटर नेपाल’ नक्सा राख्ने साहस गरेको भन्दै उनको प्रशंसा भइरहेको छ।

‘बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ, अब धरानमा पनि राखिनेछ’ तर अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरीले यस विषयमा फरक मत राखेका छन्।

उनले कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ। यति ठूलो भा भए के गर्थे होलान्? भुइँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार