इच्छाराजको सहकारीबाट ठगिएका दुई पक्षबीच अदालतमै हात हालाहाल

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौँ : हाल जेल जीवन बिताइरहेका व्यवसायी इच्छाराज तामाङ सञ्चालक रहेको सहकारीका पीडित दुई पक्षबीच अदालतमै लफडा भएको छ।

इच्छाराज संस्थापक अध्यक्ष रहेको सिभिल सेभिङ तथा क्रेडिट को-अपरेटिभबाट ठगिएकाहरु शुक्रबार अदालत परिसरमै हात हालाहालमा उत्रिएका हुन्।

सिभिल ग्रुपका अध्यक्ष एवम् पूर्वसांसद तामाङ उक्त ठगी प्रहरणमा जेल सजाय भोगिरहेका छन्। इच्छाराजको सहकारीले ठगी गरेको प्रकरणको मुद्दाको पेशी शुक्रबा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा तोकिएको थियो।
इच्छाराज तामाङको सहकारी का पीडि दुई समूह न्यायाधीश पराजुलीको इजलास नम्बर २४ बाहिर जम्मा भएका थिए।

इजलास नम्बर २४ बाहिर जम्मा भएका पीडित दुई पक्षमध्ये एकले अर्का समूहलाई दलाल भनेपछि अवस्था हात हालाहाललसम्म पुगेको थियो।
अदालतभित्रै होहल्ला र लफडा भएपछि तत्कालै प्रहरी पुगेर उनीहरुलाई छुट्याएको थियो। प्रहरीले अहिले दुई पक्षलाई छुट्याएर तितरबितर बनाइसकेको छ।

अदालतमा पेशी तोकिएपछि त्यहाँ ठगिएकाहरु जम्मा भएका थिए। तर इच्छाराज तामाङसहितलाई अदालत पुर्‍याइसकिएको छैन। अदालत खुल्नेबित्तिकै पीडितपक्षहरु भेला भएका थिए।


यो ठगी प्रकरणमा इच्छाराज २०७८ पुस २४ गते पुर्पक्षका लागि जेल चलान भइसकेका उक्त सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको थियो।

मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले इच्छाराजलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ६७ करोड रुपैयाँ ठगेको भन्दै त्यही बमोजिमको बिगो दाबी गर्दै तामाङसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार