
काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले नेपाल फलफूल थोक व्यवसायी संघलाई जरिवाना तिराएको छ । शुक्रबार महानगर प्रहरी बलले संघलाई ५० हजार जरिवाना तिराएको हो ।
काठमाडौँ महानगरपालिका १४ कुलेश्वरमा निस्किएको फोहोर व्यवस्थापन नगरेको हुँदा संघलाई जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ ।