काठमाडौंको गोकर्णेश्वरस्थित तारेभिरको जंगलमा पुरूष मृत फेला

२०८० जेष्ठ २७, शनिबार

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ तारेभिर मा एक पुरूष मृत फेला परेका छन्। शनिबार बिहान तारेभिरको जंगल छेउमा खोल्सामा खसेको अवस्थामा पुरूषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए।

शनिबार बिहान स्थानीयले खोल्सामा लडिरहेको अवस्थामा पुरूषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा  केही प्रहरी पुगेका छन्। 

एसपी रिजालका अनुसार शव भेटिएको भन्ने सूचना आएपछि बौद्धबाट इन्सपेक्टरको नेतृत्वमा फरेन्सिक टोली घटनास्थल जाँदैछन्। इन्सपेक्टरको टोली पुगेपछि घटनाबारे विवरण आउने उनले जानकारी दिए।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार