एउटै व्यक्ति दुई/तीन/चार कति पटक प्रधानमन्त्री हुने ? : गगन थापा

२०८० जेष्ठ २७, शनिबार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै व्यक्तिले पटकपटक जिम्मेवारी प्राप्त गर्ने परिपाटीको अन्त्य हुनु पर्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले नयाँ अवसरका लागि पनि एउटै व्यक्तिले पटकपटक अवसर पाउनु न्योचित नभएको बताए । 

“पार्टीमा नयाँ मान्छे आएनन् भनेर चिन्ता व्यक्त गरिरहेका बेला एउटै व्यक्तिले कति पटक अवसर पाउने ?, एउटै व्यक्ति दुई/तीन/चार कतिपटक प्रधानमन्त्री हुने,” गगन भन्छन्, “नयाँ व्यक्तिलाई अवसर दिनु पर्दैन ?” नयाँ अवसरका लागि न्योचित वितरण आवश्यक रहेको उनको धारणा छ । यसमा अब खुलेर छलफल आवश्यक रहेको उनी बताउँछन् । 

नेपाली कांग्रेसले उमेदवार हुने र छनोट गर्ने विद्यमान परिपाटी बदल्नु पर्नेमा उनको जोड छ । 

पार्टीभित्र सदियौंदेखिको गुट भत्काउन अब सदस्यता वितरणदेखि प्रतिनिधि छनोट गर्दा नयाँ विधि र प्रक्रिया अवलम्बन गर्नु पर्नेमा उनको जोड छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार