पूजा कोठामा मृत्त भेटिए दाहाल दम्पति

२०८० जेष्ठ २७, शनिबार

मकवानपुर : मकवानपुरको हेटौंडामा झुण्डिएको अवस्थामा श्रीमान–श्रीमती मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१ मा रहेको आफ्नै घरको पूजा कोठामा उनीहरु झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृत फेला पर्नेमा ७८ वर्षीय कृष्ण प्रसाद दाहाल र श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल रहेका छन् । तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुबै जना करिब ३ मिटरको फरकमा फलामको ट्रसमा धोतीको पासो लगाई झुण्डिएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार