इसेवाको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने

२०८० असार ६, बुधबार

काठमाडौं : इसेवामा रेहको पैसा अव सेवाग्राहीहरुले एभरेष्ट बैंकको एटिएमबाट सोझै निकाल्न सक्ने भएका छन्। 

इसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो। इसेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्दैन। 

इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाईलमा आउने ओटीपी मार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन्। यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्स्फर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटिएममार्फत सोझै रकम झिक्न सकिने भएपछि इसेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ। यो सेवावालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरूवात गरिएको हो । 

पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमको सेवा संञ्चालन गर्दै आएको बताए। 

यस्तै कार्यक्रममा एभरेष्ट बैंकका डेपुटी सिइओ विजयकुमार शर्माले इसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकका देशभर रहेका कुनैपनि एटिएम मेसिनमार्फत सहजै रकम झिक्न सक्ने र यसले धेरै सेवाग्राही लाभान्वित हुने बताए।

हाल एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ७५ लाख ग्राहकले इसेवाको सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाखभन्दा बढि एजेन्ट (इसेवाजोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार