महानगरको पूर्वसहमति नलिई सांसदहरूले योजना छनोट गरे रोक्छौं : मेयर बालेन

२०८० असार ६, बुधबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका सांसदहरूले पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन गर्न खोजे रोक्ने बताएका छन् ।

बुधबार मेयर शाहले २०८०/८१ को नीति तथा कार्यक्रम पेश गर्दै संघ र प्रदेशबाट आउने यस्ता कार्यक्रममा महानगरको सहमति अनिवार्य हुनुपर्ने बताएको हो । उनले भने, ‘संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्वसहमति वा समन्वय बिना छनोट भएको योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ संघीय सरकारले प्रतिनिधिसभा सदस्यले छनोट गरेका योजना कार्यान्वयन गर्ने गर्दछ ।

यस्तै प्रदेश सरकारले प्रदेशसभा सदस्यले छनोट गरेका योजना कार्यान्वयन गर्ने गर्छ । काठमाडौं जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र १० र प्रदेश सभा निर्वाचन क्षेत्र २० वटा छन् । त्यसमध्ये ९ वटा प्रतिनिधि सभाका र १२ वटा प्रदेश सभाका निर्वाचन क्षेत्र काठमाडौं महानगरभित्र पर्छ । प्रतिनिधिसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँको योजना छनोट गर्न पाउने गरी संसदीय बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न एक विद्यालय एक नर्स र विद्यालयमा मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । त्यस्तै साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिनेछ । सामुदायिक विद्यालयका छात्राहरुको लागि निशुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेवल मेशिन एवं विद्यार्थीहरुका लागि लकरको व्यवस्था गर्ने पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार