रास्वपाको पहिलो वार्षिकोत्सव आज

२०८० असार ७, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।

चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार