रुकुम पश्चिममा जिप दुर्घटना, ८ जना घाइते

२०८० असार ७, बिहीबार

रुकुम : रुकुम पश्चिममा जिप दुर्घटना  भएको छ । भे १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

रुकुम प्रहरीका‌‌ अनुसार मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गर्दा जिप दुर्घटना भएको हो ।  घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्षिया बालिका वर्षा केसी रहेकी छन् । उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका रहेका छन् । घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार