आज पनि घट्यो सुनको मूल्य

२०८० असार ७, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख १० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १३ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार