चीनमा भयानक विस्फाेट, कम्तीमा ३१ जनाकाे मृत्यु

२०८० असार ७, बिहीबार

चीन : चीनको उत्तरपश्चिमी निङ्जिया शहरको एक रेस्टुरेन्टमा ग्यास विष्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्युजलाई उद्धृत गर्दै यो विस्फोटको छानबिन गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङले आदेश दिएको जनाएको छ ।

विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी घाइते भएका सात जनाको उपचार भइरहेको छ । सुरक्षा सुधार गर्न वर्षौंको प्रयासको बाबजुद चीनमा ग्यास र रासायनिक विस्फोटका घटना घट्न सकेका छैनन् । यसअघि सन् २०१५ मा उत्तरी बन्दरगाह शहर तियानजिनमा भएको शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार