रास्वपाकाे पहिलाे वार्षिकाेत्सवमा दिउँसाे चिया खाएर साँझ घण्टी बजाइने

२०८० असार ७, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ । पार्टी स्थापना भएको वर्ष दिनको अवसरमा रास्वपाले आज चियापान समारोहको आयोजना गरेको छ ।

चियापान समारोह दिउँसो १ बजेदेखि शुरु हुनेछ । त्यसअघि बिहान केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बैठकपछि पत्रकार सम्मेलनको आयोजना हुनेछ ।

यस्तै आज साँझ ७ बजे सातै प्रदेशका ७७ वटै जिल्लामा ७७ पटक, घण्टी बजाइने रास्वपाले जनाएको छ । स्थापनाकाे एक वर्षमै रास्वपा २१ सिटसहित संसदकाे चाैथाै दल बन्न सफल भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार