बैंकर अनिलकेशरी शाहले गरे रास्वपामा प्रवेश

२०८० असार ७, बिहीबार

काठमाडौँ : चर्चित बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनलाई रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच स्वागत गरेका छन्।

रास्वपा नेता एवम् प्रतिनिधिसभा सदस्य शिशिर खनालले शाहलाई पार्टीमा स्वागत गरिएको जानकारी दिएका छन्। खनालका अनुसार शाहले अब रास्वपामा तालिम विभागको नेतृत्व गर्ने छन्। तालिम विभागको नेतृत्वमा रहेर शाहले अब रास्वपाका नेता कार्यकर्तालाई प्रशिक्षण दिने छन्।

उनी पछिल्लो पटक नविल बैंकको सीईओको भूमिकामा थिए। त्यहाँबाट बिदा भएपछि उनी मोटिभेस्नल स्पिकरका रुपमा सक्रिय थिए। उनले नेतृत्व विकाससम्बन्धी तालिम पनि दिने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार