विश्वकप छनोट : नेपालले वेष्ट इण्डिजविरुद्ध पहिला बलिङ गर्ने

२०८० असार ७, बिहीबार

काठमाडौं : आइसीसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज वेष्ट इण्डिजको सामना गर्दैछ । जिम्बाब्वेको हरारेमा वेष्ट इण्डिजविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन् । नेपालका तीव्र गतिका बलर सोमपाल कामी घाइते भएर बाहिर रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग पराजित भएको थियो । भने दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । ५ टिम भएको समूहका शीर्ष ३ टिम सुपर सिक्समा सिक्समा जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार