चीनसँग सम्बन्ध सहज हुनासाथ जो बाइडेनले सीलाई ‘तानाशाह’ भनेपछि…

२०८० असार ७, बिहीबार

काठमाण्डौ : जुन १९ र २० मा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीन यात्रामा थिए । यो चीन अमेरिकाको उच्चस्तरीय भ्रमणमा आएको पाँच वर्षपछिको पहिलो सकारात्मक कूटनीतिक सञ्चार हो ।

प्रायः राष्ट्र तथा सरकार प्रमुखहरुलाई मात्रै भेट दिइने ग्रेट हल अफ दि पिपुलमा राष्ट्रपति सीले ब्लिन्कनलाई भेट दिए । भेटका सकारात्मक सञ्चारले प्रभाव बनाउनु अगाडि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई ‘तानाशाह’ भने । त्यो पनि ब्लिन्कनले चीन भ्रमण सकेकै दिन ।

क्लालिफोर्नियाको एक फण्ड संकलनको कार्यक्रममा बोल्दै बाइडेनले यस्तो भनेका थिए । चीनसँगको सम्बन्धमा बिच्छेद भएको सैन्य संवाद पुनःस्थापनाको बाटो खुल्ने प्रक्रिया सुरु हुनै लाग्दा बाइडेनले यस्तो व्याख्या गरेपछि अमेरिकी अधिकारीहरु नै समस्यामा परेको अमेरिकी अखबार एनबीसीले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको दौरान बाइडेनको यस्तो भनाइ आउनु समयको हिसाबले महत्वपूर्ण थियो । अमेरिकी अखबारका अनुसार बाइडेनले त्यस्तो भन्नासाथ अमेरिकी कूटनीतिज्ञहरुले आफ्ना चिनियाँ समकक्षीहरुलाई सम्पर्क गरेर बाइडेनको त्यो निजी भनाइ भएको भन्दै अमेरिकी नीति त्यसमा नपर्ने बताएका थिए ।

बाइडेनले सीलाई तानाशाह भनेको कुरा विश्वभरका मिडियाहरुले प्राथमिकताका साथ प्रकाशन गरेका थिए ।

सन २०२२ मार्चमा बाइडेनले रुसको पुटिन सत्ता परिवर्तन हुनुपर्ने बताएका थिए । तर, अमेरिकी अधिकारीहरुले बाइडेनको त्यो भनाइ अमेरिकी नीतिको नभएको तर्क गरेका थिए । केही समयपछि बाइडेनले उक्त भनाइको आफैं खण्डन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार