बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मा

२०८० असार ७, बिहीबार

काठमाडौं :  भेट्रान बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।

पार्टी सभापति लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए । रास्वपा नेता एवम् प्रतिनिधिसभा सदस्य शिशिर खनालले पनि शाहलाई पार्टीमा स्वागत गरिएको पुष्टी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभाग प्रमुख बनाएको हो ।

खनालका अनुसार शाहले अब रास्वपामा प्रशिक्षण विभागको नेतृत्व गर्ने छन् । प्रशिक्षण विभागको नेतृत्वमा रहेर शाहले अब रास्वपाका नेता कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार