मन्त्री दुलालले पनि राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

२०८० असार ७, बिहीबार

मकवानपुर : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले पनि कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । मन्त्री दुलालले बिहीबार आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

गत माघ १० गते तत्कालीन गठबन्धनको सरकारमा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका दुलालले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ समेटिएको नक्सा राखेका हुन् ।

भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपालको केही स्थानहरू समेटेर ‘अखण्ड भारत’को नक्सा राखेपछि त्यसको नेपालमा चौतर्फी आलोचना भइरहेको छ । भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी राखेपछि काठमाडौँका मेयर बालेनले त्यसको विरोधमा पहिलो पटक ‘ग्रेटर नेपाल’को नक्सा आफ्नो कार्यकक्षमा राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार