बालेनको मुटु ठीक ठाउँमा छ : कमल थापा

२०८० असार ७, बिहीबार

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कदमको स्वागत गरेका छन् ।

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश दिएपछि अदालतको आदेश नमान्ने अडान लिएपछि बालेनको मुटु ठीक ठाउँमा रहेको बताए ।

उनले फेशबुकमा लेखेका छन्, ‘कार्यशैली र अभिव्यक्ति विवादास्पद होलान्।तर,काठमाडौंका मेयर बालेन साहको मुटु ठीक ठाउँमा छ । केही अपवाद बाहेक छोटो समयमा बालेनले गरेका र गर्न खोजेका कार्य सराहनीय छन् ।’

उनले भारतीय चलचित्र आदिपुरुषका संवाद लेखक मुंतशीरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार