माछा मार्ने क्रममा डुबेर जाजरकोटमा दुई जनाको मृत्यु

२०८० असार ८, शुक्रबार

सुर्खेत : माछा मार्ने क्रममा डुबेर जाजरकोटमा दुई जनाको मृत्यु‌ भएको छ। मृत्यु हुनेमा शिवालय गाउँपालिका-९ का अन्दाजी ४२ बर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका-१ का अन्दाजी ४० बर्षीय नरबहादुर सार्की रहेका छन्।

जाजरकोट प्रहरीका अनुसार छेडागाडमा माछा मार्ने क्रममा पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

‘उनीहरु माछा मार्ने भनेर जाल लगेर खोलामा गएका थिए,’ जिल्ला प्रहरी कार्या जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले‌ भने,’छेडाखोलाको रिठेदहमा जाल हान्ने क्रममा पानीमा डुबेर दुई मृत्यु भएको बुझिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार