काठमाडौँबाट गुजरातका लागि छुटेको बस गल्छीमा दुर्घटना, बालकको मृत्यु

२०८० असार ८, शुक्रबार

काठमाडौँ : काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

दुर्घटनामा परेर एक जना बालकको मृत्यु भएको घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

एआर–०६ इ ७०३१ नम्बरको बस पल्टिँदा १२ घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार