प्रधानमन्त्रीले चिनेनन् सांसद: ‘मेरो नाम भुल्नुहोला टिपेर राख्नुहोस्’

२०८० असार ८, शुक्रबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभाका सांसदहरुले प्रश्नोत्तर गरेका छन्। प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले कति सांसदहरुलाई चिन्न नै सकेनन्। त्यही कारण सभामुखले उल्लेख गरेको नाम समेत बिर्सिए।

कुनै प्रश्नको भने उनको टिमले उत्तर लेख्न नै बिर्सियो। आफ्नो तयारीमा कमजोरी रहेको बताउँदै माफी मागे। प्रचण्डले नाम भुलेका २ सांसदहरु सत्तारुढ दल कांग्रेसबाट प्रतिनिधित्व गर्छन्। कांग्रेस सांसद अञ्जनी श्रेष्ठको नाम उत्तर दिने क्रममा भुलेपछि उनले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै भने, ‘अहिले भर्खरै बोल्ने माननीयको मैले नाम थाहा पाउन पर्ने भयो!’

यो क्रम रोकिएन। कांग्रेस सांसद अम्बिका बस्नेतको नाम भुले र प्रश्नोत्तर लिखित हुने भएकाले उनले प्रश्नमा उति ख्याल गरेनन्। नाम भनिदिन सभामुख घिमिरेसँग आग्रह गरे। नाम बताएपछि लिखित उत्तरहरुको चाङ पल्टाएर खोजे, तर भेटेनन् र फेरि प्रश्न दोहोर्‍याउन आग्रह गर्दै भने, ‘मेरो तयारीमा केही कमजोरी रहेको देखियो। फेरि प्रश्न राख्न आग्रह गर्दछु।’ प्रश्न शिवपुरी राष्ट्रिय निकुञ्ज पार गरेर घर जानुपर्ने गोकर्णेश्वर नगरपालिका १ का बासिन्दाका आफन्तहरुले शुल्क तिर्नुपर्ने बाध्यताबारे थियो।

प्रधामन्त्री प्रचण्डले नाम भुलेको दोहोर्‍याएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले व्यंग्य गरे, ‘मेरो नाम भुल्नुहोला, टिपेर राख्नुहोस्- म अशोककुमार चौधरी।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार