‘मिस एण्ड मिसेस स्टार युनिभर्स नेपाल २०२३’ को ताज सृष्टि र जोयालाई

२०८० असार ८, शुक्रबार

काठमाडौँ : ‘मिस एण्ड मिसेस स्टार युनिभर्स २०२३’ को ताज सृष्टि महर्जन र जोया बुढाथोकीले प्राप्त गरेका छन् । सृष्टिले मिस र जोयाले मिसेस तर्फको उपाधि प्राप्त गरेका हुन् ।

ग्रिनआर्ट मिडियाले शुक्रबार बत्तिसपुतलीस्थित स्ट्याण्ड लञ्च एण्ड बारमा आयोजित एक कार्यक्रमबीच दुबैलाई उपाधि दिएको हो । दुवै प्रतियोगीले दुबईमा आयोजना हुने ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

अवार्ड सृष्टि र जोयाको अलवा नेपालमा अन्य तीन व्यक्ति सहभागी हुनेछन् । जसमा ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ निर्णायकको रुपमा सहभागी हुनेछिन्, भने फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र ब्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ अवार्डको नोमिनिजका रुपमा भाग लिँदै छन् ।

असार २० (५जुलाई)मा आयोजना हुने उक्त अवार्डमा सबै व्यक्ति ग्रिनआर्ट मिडियाको तर्फबाट सहभागी हुन लागेका हुन् । अवार्डमा दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहनेछ ।

कार्यक्रममा ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड’मा नेपालको विभिन्न विधामा सहभागिता नेपालको लागि गौरवको विषय भएको बताए । उनले सहभागीले नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार