प्रकाश सपुत र कुशुम शर्माको अभिनयमा ‘माया गरिदेउ’ सार्वजनिक (भिडिओ)

२०८० असार ९, शनिबार

काठमाडौँ : गायक प्रकाश सपुतको अभिनय रहेको ‘माया गरिदेउ’ बोलको गीत सार्वजनिक भएको छ। निशान भट्टराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘माया गरिदेउ’ बोलको गीत शुक्रबार साँझ सार्वजनिक भएको हो।

जीवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ। प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडिओ मान सिंह मर्हजनले छायांकन गरेका हुन्। 

सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
2
+1
1
+1
0

ताजा समाचार