आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै, जित्नै पर्ने दबाब

२०८० असार ९, शनिबार

काठमाडौं : आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२: ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा छ ।

यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ ।

आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार