
काठमाडौं : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी आभास अर्याल पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ विराटनगर महानगरपालिका–१५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका –११ बस्ने ३५ वर्षीय आवास भन्ने आभास अर्याललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसूरमा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बागबजारबाट पक्राउ गरेको जनाएको छ । अर्यालले नबिल बैंक लिमिटेड काठमाडौं सिनामंगल शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी पीडितलाई झुक्यानमा पारी २०७७ चैत ११ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।