आइसिसी क्रिकेट : आज युएई र नेपाल खेल्दै, पहिलो जितको खोजीमा नेपाल

२०७९ फाल्गुन २२, सोमबार ०७:५४ बजे

काठमाडौँ : युएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । जारी सिरिजको अन्तिम खेलमा नेपालले युएईसँग खेल्न लागेको हो । नेपाल र युएईबिचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार आज सोमबार बिहान पौने १२ मा सुरु हुदैछ ।

यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो भने आजको खेलमा नेपाल जीत निकाल्ने मनोबलका साथ मैदान उत्रदैछ ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, आफिस शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश  जीसी, सन्दीप लामिछाने, सन्दीप जोरा रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार