राष्ट्रपतिका उम्मेदवार पौडेल र नेता खनालबीच भेटवार्ता

२०७९ फाल्गुन २२, सोमबार १०:४३ बजे

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। नेता खनालको निवास डल्लुमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको पौडेलेको सचिवालयले जनाएको छ ।

आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिबारेमा छलफल भएको पौडेलको सचिवालयको भनाइ छ । पौडेल आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार