एकीकृत समाजवादीका नेता सरोजको पार्थिव शरीर २ घण्टा पार्टी कार्यालयमा राखिने

२०७९ फाल्गुन २२, सोमबार ११:०६ बजे

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्याय (नेपाल) को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका सोमबार २ घण्टा पार्टी कार्यालयमा राखिने भएको छ ।  दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिएका छन् । त्यसपछि आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । 

शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोही दिन निधन भएको थियो । सरोज एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाइ हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार