निर्वाचन क्षेत्र समिति गठन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

२०७९ फाल्गुन २२, सोमबार ११:३३ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने भएको छ। संगठन विस्तारका क्रममा रहेको रास्वपाले निर्वाचन क्षेत्र भित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत् निर्वाचन क्षेत्र समिति गठन गर्ने तयारी गरेको हो।

समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्ने महामन्त्री डा. मुलुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पार्टीको एपमार्फत आवेदन दिन सकिने पनि उल्लेख गरिएको छ।

अनलाइन मतमार्फत् निर्वाचन क्षेत्र समिति गठन गरिने पनि उक्त पार्टीले जनाएको छ। रास्वपाले हालै सातै प्रदेश समिति पनि गठन गरेको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार