
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप ‘लिग टु’अन्तर्गत यूएई सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोली यूएईलाई पहिले फिल्डिङको निम्तो दिएका हुन् ।
ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिस जीसीले मौका पाएका छन् । पीएनजीसँग पहिलो खेल खेलेका प्रतिस त्यसपछि टीममा परेका थिएनन् ।
टोलीमा आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी र प्रतिश जीसी छ ।
लिगको शीर्ष ३ भित्र परेर विश्वकप क्वालिफायरमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।