
काठमाडौँ : चर्चित लोक गायिका भुमिका गिरी विवाह बन्धनमा बाँधिएकी छन् । सल्यानका हिजन बिष्टसँग उनले सोमबार परम्परागत विवाह गरेकी हुन् । उनको विवाह समारोह अहिले सल्यानमा चलिरहेको छ । विवाहमा दुबै तर्फका सिमित आफन्त र साथीभाइ सहभागी छन् ।
भुमिका र हिजनले केही बर्षको प्रेमलाई पारिवारिक सहमतीमा विवाहमा परिणत गरेका हुन् । गायिका गिरीले विवाह अगाडि ब्याचलर पार्टी दिएकी थिइन् । सोही सिलसिलामा उनले पहिलो पटक आफ्नो विवाहको खुलासा गरेकी हुन् । गायिका गिरीको ‘देउरालीमा’, चोली मैलो भो’ लगायतका गीत हिट छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।