नेपाललाई पहिलो झट्का, आशिफ शेख ६ रनमा आउट

२०७९ फाल्गुन २२, सोमबार १२:४३ बजे

काठमाडौं : आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली यूएईविरुद्ध पहिले ब्याटिङमा उत्रेको नेपालले सुरुमै झट्का ब्यहोरेको छ।

नेपालका ओपनर आशिफ शेख सस्तैमा आउट भएका छन्। उनी १४ बलमा केबल ६ रन बनाएको अवस्थामा क्याच आउट भएका हुन्। आशिफ आउट भएपछि अहिले अर्का ओपनर कुशल मल्ललाई साथ दिन ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन्। 

ताजा अवस्थामा नेपालले ६ ओभर खेल्दै १ विकेटको क्षतिमा १९ रन बनाएको छ। 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार