उपत्यकामा लापरवाहिपूर्वक चलाएका १ सय ५७ सवारी साधन होल्ड

२०७९ फाल्गुन २२, सोमबार १३:०५ बजे

काठमाडौँ : काठमाडौँ उपत्यकामा होली मनाउने नाममा लापरवाहिपूर्वक तरिकाले चलाएका १ सय ५७ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

फागु पुर्णिमाको अवसरमा चेकजाँच गर्न उपत्यकामा ६०४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा १ सय ५७ सवारी–साधान होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले बताए ।

ट्राफिक प्रहरीले होल्ड गरेको मध्ये १३ वटा चारपांग्रे सवारी छन् । होल्ड गरिएका सवारी साधन साँझ ७ बजेमात्र जिम्मा लगाएने एसपी काफ्लेले बताए । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन र लागुऔषध सेवन गरेकोबारे चेकजाँच गरिरहेको छ । ६८ ठाउँमा ट्राफिक चेकिङ भइरहेको छ ।

ललितपुरको पुल्चोक, जावलाखेल र सातदोबाटोमा १५ वटा मोटरसाइकल होल्ड गरिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।  

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार