दक्षिणी सुडानबाट फर्किए सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

२०७९ फाल्गुन २२, सोमबार १३:१७ बजे

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल अफ्रिकी मुलुक दक्षिणी सुडानमा भएको मेडल परेडमा सहभागी भएर स्वदेश फर्किएका छन् । आइतबार बेलुका साउथ सुडानमा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू) को नवौं डफ्फाका १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीलाई सम्बोधन गरेर फर्किएका हुन्। 

उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । महानिरीक्षक अर्यालले मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता तथा छलफल गरेका सशस्त्र प्रहरीले जनाएको छ ।

आईजीपी अर्याल नेपाल सरकार प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको निर्णयबाट फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका सुरेश कुमार श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार