नेपालले दियो यूएईलाई २३० रनको चुनौती

२०७९ फाल्गुन २२, सोमबार १५:५५ बजे

काठमाडौँ : यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोललाई २३० रनको चुनौती दिएको छ ।

दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै आठ विकेट गुमाएर २२९ रन जोड्दै यूएईलाई उक्त रनको चुनौती दिएको हो ।
नेपालका लागि सर्वाधिक भीम सार्कीले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रनको योगदान गरे । उनको यो राष्ट्रिय टिमबाट पहिलो अर्थशतक हो ।

यसैगरी आरिफ शेख ५६ बलमा २ चौका र एक छक्काको मद्दतमा ४३ रनमा नटआउट रहँदा ३२ रन जोडेर कुशल मल्ल आउट भए । सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार