
नुवाकोट : फागुपूर्णिमा तथा होली पर्वका अवसरमा आज नुवाकोटको विदुरमा लक्ष्मीनारायणको रथयात्रा निकालिएको छ । परापूर्वकालदेखि नै फागुपूर्णिमाका अवसरमा निकालिने गरिएको लक्ष्मीनारायणको रथ यात्रालाई यो वर्ष पनि निरन्तरता दिइएको हो ।
रथ यात्रा हरेक वर्ष महिला दिदीबहिनीको अगुवाइमा निकालिने र त्यसमा पुरुषको सहयोग हुने गर्दछ । विदुरस्थित लोकतान्त्रिक चौतारोमा अवस्थित लक्ष्मीनारायण मन्दिरबाट निकालिएको रथयात्रा विदुरस्थित विभिन्न टोल, चोक, बस्ती र समुदायको परिक्रमा गराएर पुनः सोही मन्दिरमा नै रहेर विसर्जन गर्ने गरिएको रथयात्रामा सहभागी स्थानीयवासी सुशील रिजालले बताए । उनका अनुसार रथयात्राको परिक्रमा गराएमा लोक तथा समुदायको हित हुने, रोग ब्याधा तथा दुःखकष्ट हटेर जाने जनविश्वास रहेको छ ।
रथयात्राले सकारात्मक सोचाइको विकास गराउँछ भने सबै जाति, वर्ग, समुदाय तथा धर्मावलम्बीको सहभागिताले पारस्पारिक सद्भाव, धार्मिक सहिष्णुतासमेत कायम गर्न सहयोग पुग्दै आएको रथयात्रामा सहभागी शिक्षक नवराज पाण्डेले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।