अभिनेता पल शाहले परिवारसँग मनाए होली

२०७९ फाल्गुन २२, सोमबार २०:११ बजे

काठमाडौं : आज फागुन पुर्णिमा अर्थात् होली। पहाडी जिल्लामा आज विभिन्न रङ्ग तथा अबीर लगाएर धुमधामकासाथ होली पर्व माइदैछ । भोलि पनि विभिन्न रङ्ग तथा अबीर लगाएर तराई जिल्लाहरुमा होली मनाइदैछ ।

यस्तै आज नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि अबिर लगाएर होली पर्व मनाएका छन् । अभिनेता तथा मोडल पल शाहले पनि यस बर्षको होलीमा रङ्ग लगाएर मनाएका छ । उनले परिवारका सदस्यहरुसँग रंग लगाएर होली मनाएका हुन् । नावालिग माथी बलात्कार गरेको आरोपमा एक बर्ष जेल जिवन बिताएपछि अभिनेता शाह गएको फागुन १५ गते जेलबाट छुटेका थिए ।

यो पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा मनाइने गरिन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार