दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

२०८० असार २६, मंगलवार

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै ३० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार