दार्चुलाको लास्कुमा पुल भत्किँदा आवतजावत ठप्प

२०८० असार २६, मंगलवार

दार्चुला : लास्कु खोलामा सोमबार राति आएको बाढीले काठेपुल पुल भत्किँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।

महाकाली नगरपालिका १ र ४ नम्बर वडा जोड्ने उक्त पुल बाढीले भत्काएपछि जोखिम मोलेर यात्रा गर्नु परेको लास्कुका राजेन्द्रसिंह धामीले बताए । उनले पुल भत्किएपछि स्थानीयलाई लास्कु खोला वारपार गर्न समस्या भएको छ । गएरातिको वर्षाका लास्कु खोलाले पुलको छेउतिर कटान गरेपछि पुल भत्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उक्त क्षेत्रमा गत वर्षको भदौ २४ गते बाढीले झोलुंगे पुल बगाएपछि स्थानीयहरुले काठेपुल निर्माण गरी आवातजावत गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार