भूमि सुधार विभागका तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ

२०८० असार २६, मंगलवार

काठमाडौँ : भूमि सुधार विभागका तत्कालीन महानिर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । 

ललिता निवासको जग्गा घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो । 

सीआईबीका एसएसपी दिनेश आचार्यले उनी मंगलबार काठमाडौँबाट पक्राउ परेको पुष्टि गरे । श्रेष्ठसहित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार