बालेन आफैं सर्वोच्च उपस्थित हुनुपर्ने, पाएनन् वारेसको अनुमति

२०८० असार २६, मंगलवार

काठमाडौ : सर्वोच्च अदालतले काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहलाई वारेसमार्फत मुद्दा लड्न दिन अस्वीकार गरेको छ।

अदालतको अवहेलना मुद्दामा उक्त आदेश दिँदै आफैं उपस्थित भएर तारेख लिन भनेको हो। बालेनले वारेस राखेर मुद्दा लड्न अनुमति माग गरेका थिए। अधिवक्ता वर्षाकुमार झाले दायर गरेको रिटमा दोस्रो सुनुवाइ गर्दै अदालतले यस्तो आदेश गरेको हो।

यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। सर्वोच्चले अदालतको अवहेलना हुने गरी दिएको अभिव्यक्तिवारे जवाफ दिन भनेको थियो। शाहले अदालत भारतीय पक्षको भएको भनी टिप्पणी गरेका थिए।

उच अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासबाट उक्त आदेश खाएको खबरलगत्तै बालेनले सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश पनि नमान्ने बताएका थिए। बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँदा म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन।’

बालेनले राज्य र अदालतसमेत भारतको गुलाम भएको आरोपसमेत लगाएका थिए। बालेनको यो अभिव्यक्ति संविधान विपरीत र कानुनी शासनको प्रतिकूल रहेको भन्दै अधिवक्ता झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी थिइन्। बालेनले सर्वोच्च र उच्च अदालत दुवैतिर लिखित जवाफ पेस गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार