सीता दाहालको पार्थिब शरीर पेरिसडाँडामा राखिने

२०८० असार २७, बुधबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा प्रधानमन्त्री पत्नी सीताको निधन भएको हो। नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाका अनुसार स्वास्थ्य अवस्था गम्भीर बनेपछि सीता दाहाललाई आज विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन गएको थियो।

प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लको अनुसार पत्नी दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ। बिहान ११ बजे देखि १ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ।

उनी नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत हुन्। सीताकाे निधनसँग प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन्। यसअघि क्यान्सरका कारण जेठी छाेरी ज्ञानु र एक मात्र छाेरा प्रकाशलाई गुमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार