सीता दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरू नर्भिकमा

२०८० असार २७, बुधबार

काठमाडौँ : प्रधानमन्त्रीपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरू नर्भिक अस्पताल पुगेका छन्। बुधबार बिहान ८:३३ मा उपचारका क्रममा दाहालको निधन भएको हो। निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवार अस्पताल पुगेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा, नेपाल समाजवादी केन्द्रका अध्यक्ष माधव नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल परिसरमा छन्। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ नर्भिकमा छन्।

उपराष्ट्रपति रामशहायप्रसाद यादव पनि नर्भिक पुगेका छन्। स्वास्थ्यमन्त्री मोहन बस्नेत र सञ्चारमन्त्री रेखा शर्मालगायत अस्पताल परिसरमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार