बहुविवाहको आरोपमा महोत्तरीमा वडाध्यक्ष पक्राउ

२०८० असार २७, बुधबार

जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् ।

बहुविवाह आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो ।

मंगलबार बेलुका वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार